सिरहामा बस-मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते


सिरहा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्।

दुर्घटनामा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको उपचारका क्रममा मृत्यु भएको हो। गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स.५ प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किएका थिए।

घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा दुवैको ज्यान गएको बताए।

दुर्घटनामा १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्। मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार रहेका थिए। घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ।

मृतकहरूको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको