धनुषामा हात बाँधेर हत्या गरिएको अवस्थामा २० वर्षीय युवकको शव फेला


१४ फागुन, जनकपुरधाम। धनुषाको औरही गाउँपालिका-६ स्थित खेतमा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

प्रहरीका अनुसार दुवै हात पछाडि गम्छाले बाँधिएको अवस्थामा घाँटी रेटेर हत्या गरिएको देखिएको छ। मृतक हंसपुर नगरपालिका-९ रुदौलीका २० वर्षीय सुमित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

बिहीबार अपराह्न करिब ४ बजेतिर घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएको थियो। परिवारजनका अनुसार सुमित बुधबार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए।

घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको