अति संवेदनशील तथा एकान्त निर्वाचन क्षेत्रमा सुरक्षा कडा, नेपाली सेनाको सक्रियता बढ्यो


११ फागुन, सप्तरी – चन्दन रजक। आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सप्तरी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हनुमाननगर कंकालीनी नगरपालिका-१३ गोबरगाडा स्थित अति संवेदनशील तथा एकान्त (Isolate) निर्वाचन स्थलमा सुरक्षा व्यवस्थापन कडा पारिएको छ।

उक्त क्षेत्रमा सुरक्षा अवस्थालाई उच्च प्राथमिकतामा राख्दै नेपाली सेना अन्तर्गतको श्री बरख गण ले नियमित एरिया डोमिनेशन पेट्रोल, सुरक्षा निगरानी तथा रणनीतिक गतिविधिहरू तीव्र बनाएको जनाएको छ।

सेनाले सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरी सँग समन्वय गरी संयुक्त पेट्रोलिङ योजना कार्यान्वयनमा ल्याएको छ। संयुक्त सुरक्षा संयन्त्रमार्फत निर्वाचन स्थल र वरपरका क्षेत्रमा सतर्कता बढाइएको छ भने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विशेष निगरानी जारी राखिएको छ।

 

जनविश्वास अभिवृद्धि गर्ने तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मीहरू सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ। सुरक्षाको प्रत्याभूति दिलाउँदै स्थानीय समुदाय र सरोकारवाला निकायहरूसँग सहकार्यमा शान्ति–सुरक्षा सुदृढ बनाउने कार्य निरन्तर जारी रहने सेनाको भनाइ छ।

यस प्रकारको सुरक्षात्मक पहलले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको