लगानीकर्ता शिक्षा र कम्पनी प्रशासन विषयक कार्यक्रम बर्दिबासमा सम्पन्न


६ फागुन, बर्दिबास – मिथलेश सिंह। कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौं को आयोजनामा तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज को समन्वयमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि र कम्पनी प्रशासन” सम्बन्धी प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा कम्पनी रजिष्ट्रार बलराम निरौला, धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारी, नेप्सेका कार्यकारी निर्देशक मिलन कुमार मगर लगायत विभिन्न संघ-संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी प्रतिनिधि, सल्लाहकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनी दर्ता प्रक्रिया, कम्पनी प्रशासन, पुँजी बजारका अवसरहरू तथा सुरक्षित लगानीका उपायहरूबारे उपयोगी प्रस्तुतीकरण गरिएको थियो। साथै सहभागीहरूले उठाएका जिज्ञासामाथि लामो छलफल गरी सुझाव संकलन गरिएको थियो र सम्बन्धित विषयमा स्पष्ट जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन सत्रमा उपस्थित महानुभावहरूले कार्यक्रम समयसापेक्ष तथा उपयोगी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रम विनायक ब्यान्क्वेट, बर्दिबास मा आयोजना गरिएको थियो भने कार्यक्रम सञ्चालन बर्दिबास उद्योग वाणिज्य संघका महासचिव उत्तम कुमार श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको