‘शान्तिको दीप’ कृतिमाथि बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानमा विमर्श


२६ पुस, बर्दिबास – जीवनराज दाहाल। बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानले शनिबार, २०८२ पुस २६ गते आफ्नो ७६औँ शृङ्खला सम्पन्न गर्दै कवयित्री जमुना पोखरेलको सिर्जना कृति ‘शान्तिको दीप’ माथि विशेष साहित्यिक विमर्श गरेको छ। कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कार्य सचिव पवन कुमार वाग्लेले गरेका थिए।

कार्यक्रमको उद्घाटनमा कोषाध्यक्ष विमला विश्वकर्माले उपस्थित अतिथिहरूलाई स्वागत गरेकी थिइन्। समारोहमा मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल, गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना लगायत बर्दिबास नेवा समाजका अध्यक्ष धन नारायण श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

साहित्यकार सानीमाया पुलामीले कृति ‘शान्तिको दीप’ समाजका विविध पक्ष-सामाजिक, आर्थिक र व्यवहारिक-लाई समेट्नेगरी मार्मिक र हृदयस्पर्शी रहेको बताइन्। उनले कवयित्री पोखरेलका अन्य कृतिहरू प्रकाशनमा आउँन सफल रहून् भन्ने शुभकामना व्यक्त गरिन्।

कार्यक्रममा कविता, गीत र गजल वाचनसमेत भएको थियो। वाचनमा सहभागीहरूमा जीवनस्पर्शी, रुद्र आचार्य, सुदर्शन भट्टराई, अम्बिका दाहाल, जनक पौडेल, रमा शर्मा ढकाल, सुभद्रा भुजेल, निर प्रसाद शर्मा, शर्मिला पोखरेल, कुशल अधिकारी, दिनेश पौडेल, मन्जिता लाखे रहेका थिए।

प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले कार्यक्रमको महत्त्व र प्रतिष्ठानले बर्दिबासका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यको प्रशंसा गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कवयित्री जमुना पोखरेलले आफ्नो कृतिको विमर्श भएकोमा धन्यवाद व्यक्त गर्दै समालोचनात्मक समीक्षा गर्न आग्रह गरिन्। उनले आफ्नो पहिलो गीती एल्बम ‘ए चेली नजाउन खाडीमा’ पनि यही प्रतिष्ठानबाट २०७६ सालमा विमोचन भएको कुरा स्मरण गराइन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष यशोदा श्रेष्ठले उपस्थित सबैमा आभार व्यक्त गर्दै भविष्यमा अझ सक्रिय रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, कार्यक्रम हल उपलब्ध गराउने गौतम होटल प्रालिका सञ्चालक हिरा गौतमलाई विशेष धन्यवाद दिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको