मधेशमा भूमिगत जल खस्किँदै: चुरे र पोखरीमार्फत पुनर्भरण सम्भव हुने अध्ययनको निष्कर्ष


२४ पुष, जनकपुरधाम। मधेशमा सामुदायिक तथा निजी इनार, चापाकल र डिप बोरिङमार्फत भूमिगत जल दोहन हुने गरिएको छ। हरेक मनसुनमा भूमिगत जलमार्फत माटोको सतह र पोखरीहरूमा भुइँमुनि वर्षातको पानी पस्दा प्राकृतिक रूपमा जल पुनर्भरण हुने गरेको एक अध्ययनले देखाएको छ।

मधेश सरकार ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयद्वारा आयोजित ‘आकाशे पानी संकलन तथा भूमिगत जल पुनर्भरण’ परियोजनाका तथ्य प्रस्तुत गर्दै अनुसन्धानकर्ता प्रतापसिंह दादरले चुरे क्षेत्र, पोखरी तथा नहरहरूबाट संकलित पानीले भूमिगत जलको स्तर कायम राख्न महत्वपूर्ण योगदान गर्ने तथ्य उजागर गरेका छन्।

भूमिगत जल खस्कँदै, दुई प्रमुख कारण दादरका अनुसार भूमिगत जल खस्कनाका दुई प्रमुख कारण छन् :

  1.  प्राकृतिक पुनर्भरण क्षेत्रहरू बन्द हुँदै जानु
  2.  भूमिगत जलको अनियन्त्रित दोहन

यस्तो प्रवृत्तिले दीर्घकालमा पानी अभावको संकट निम्त्याउन सक्ने अध्ययनले चेतावनी दिएको छ। सिरहाको कर्जन्हा र गोलबजारमा गरिएको अध्ययनले घरधुरी स्तरमै न्यून लागतमा ‘पुनर्भरण इनार’ निर्माण गरेर कृत्रिम पुनर्भरण मार्फत भूमिगत जल कायम राख्न सकिने सुझाव दिएको छ।

दादरले भने, ‘पुराना अनि पुरिएका पोखरीहरूलाई पुनर्जीवन दिएर पनि पुनर्भरण सम्भव छ। भूमिगत जल पुनर्भरणले वर्षातको पानी व्यवस्थापन मात्रै होइन, बाढी न्यूनीकरण र दीर्घकालीन जलस्रोत संरक्षणमा मद्दत पुर्‍याउँछ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको