टिकटक विवादले मधेशमा तनाव, धनुषा-पर्सासहित आठ जिल्लामा सुरक्षा सतर्कता


२० पुस, जनकपुरधाम। टिकटकमार्फत एक-अर्काको धर्म तथा संस्कृतिलाई लक्षित गर्दै अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनावको स्थिति सिर्जना भएको छ। धनुषाको घटनाको असर पर्साको वीरगञ्जसम्म फैलिएको छ।

धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकारीले परिस्थितिलाई ‘संवेदनशील’ भन्दै आवश्यक सतर्कता अपनाइएको जानकारी दिएका छन्।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै एक भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने भन्दै स्थानीय अगुवाहरूले दुवै युवालाई प्रहरीको जिम्मा लगाएका थिए।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला उनीहरूलाई पक्राउ गरिएको विषयलाई लिएर केही युवाहरू आक्रोशित बनेका थिए। सोही क्रममा मस्जिदमाथि आक्रमणसमेत भएको थियो। घटनामा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

उक्त घटनाको विरोधमा पर्साको वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्न थप प्रहरी परिचालन गरेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको