रौतहटमा ट्याक्टर-मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते


रौतहट। चन्द्रपुर नगरपालिका-१० अन्तर्गत चपुर-गौर सडकखण्डको बालचनपुरमा गएराति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २-०३-०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गढिमाई नगरपालिका-४ सुन्दरपुरका ५० वर्षीय मोटरसाइकल चालक प्रमोद साह कानुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज रिफर गरिएको प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिनुभयो।

घटनामा संलग्न दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको