राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल र केन्द्र तोकियो


काठमाडौं। निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार प्रदेशगत रूपमा मतदान स्थल तथा केन्द्रको टुंगो लगाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेश सरकारको राजधानी रहेका जिल्लामा मतदान स्थल र केन्द्र निर्धारण गरिएको छ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ।

प्रदेशगत मतदान स्थल यसप्रकार छन् :

  • कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मोरङ
  • मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका-४, धनुषा
  • बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका-४, मकवानपुर
  • गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा, कास्की
  • लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ
  • कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत
  • सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

आयोगले तोकिएका स्थल र केन्द्रमा तोकिएको मितिमा निर्वाचन प्रक्रिया सञ्चालन हुने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको