वीरगञ्ज। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ।
यस कार्यालय मातहत प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२९ गते अं. राति २०:०० बजे जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १७ कोनिया स्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राभेल सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा पिकअप गाडीको पछाडिपट्टि प्लाष्टिकका बोरामा परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ १२ पोकामा जम्मा १७६ केजी फेला परेको प्रहरीले जनाएको छ।
उक्त घटनामा पिकअप गाडीका चालक जिल्ला रामेछाप, खाडादेवी गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षीय सुबराज श्रेष्ठलाई बरामद लागू औषध गाँजा जस्तो देखिने पदार्थ र पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।









