गौशालामा १० किलोभन्दा बढी गाँजासहित दुई युवक र मोटरसाइकल पक्राउ


१ पुस, महोत्तरी। जिल्ला महोत्तरीको गौशाला नगरपालिका-८ स्थित खाल्टे बजारमा प्रहरीले अवैध लागूऔषध गाँजा सहित दुई जना युवक र एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।

आज मिति २०८२।०९।०१ गते बिहान करिब १०:१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय, गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको चेकिङ टोलीले गौशाला-खाल्टे बजार भित्री सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको BR 30 W 1309 नम्बरको १५० सि.सि. क्षमताको रातो-कालो पल्सर मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

चेकजाँचका क्रममा उक्त मोटरसाइकलमा सेतो प्लास्टिकको बोरामा बेरिएको ५.२८० किलो र ५.३७० किलो गरी जम्मा अन्दाजी १० किलो ६ सय ५० ग्राम (१०.६५० किलो) लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक जिल्ला महोत्तरी सोनमा गाउँपालिका-३ स्थायी वतन भई रामदेव बैठाका नाती, इन्द्रजित बैठाका छोरा अन्दाजी २० वर्षीय हरेन्द्र बैठा र पछाडि सवार रामदेव बैठाकै नाती राम छबिलाल बैठाका छोरा अन्दाजी २१ वर्षीय अर्जुन बैठा रहेका छन्। हरेन्द्र बैठाले चलाइरहेको मोटरसाइकलमा एक पोका र अर्जुन बैठाले पछाडि भिरेको कालो झोलामा एक पोका गरी गाँजा फेला परेको हो।

बरामद लागूऔषध, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय, गौशालामा ल्याइएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको