वीरगञ्ज। वीरगञ्ज कारागारमा सजाय भुक्तान गर्दै आएका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। निधन हुनेमा वीरगञ्ज महानगरपालिका-१२ मुर्ली निवासी ३७ वर्षीय अनिल महतो रहेका छन्।
कारागार प्रशासक बाबुलाल रेग्मीका अनुसार सवारी ज्यान मुद्दामा थुनामुक्ति भुक्तान गरिरहेका महतोको स्वास्थ्यमा समस्या आएपछि तुरुन्तै नारायणी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको उनले बताए।
महतोमाथि सवारी ज्यान मुद्दामा अदालतले तीन वर्ष कैद सजाय तथा दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो।









