सिरहामा चार लेन सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनःनिर्माणको मागमा स्थानीय आन्दोलित


सिरहा। सिरहाको कमला हुँदै सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग विस्तारका क्रममा भत्काइएका संरचनाको पुनःनिर्माणको माग गर्दै चोहर्वा नयाँ चोकका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।

मंगलबार स्थानीयले राजमार्ग अवरुद्ध पार्दै भत्काइएका पार्क, बस बिसौनीसहित दुवै तर्फ नाला पुनःनिर्माण गर्नुपर्ने माग राखेका छन्। सिरहा सदरमुकाम प्रवेश गर्ने मुख्य मार्ग यही स्थान भएकाले सवारी चाप अत्यधिक हुने तर्क गर्दै उनीहरूले चोहर्वा क्षेत्रमा ६ लेन राजमार्ग विस्तार र अन्डरपास निर्माण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

कमला–कञ्चनपुर सडक योजना कार्यालय, मिर्चैया तथा निर्माण कम्पनीलाई पटक-पटक गुहार्दा पनि सुनुवाइ नहुँदा बाध्य भएर सडक अवरुद्ध गर्दै आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ। माग पूरा नभए कडा चरणको संघर्षमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

तर योजना कार्यालय र निर्माण कम्पनीले भने स्वीकृत डिजाइन तथा इस्टिमेटभन्दा बढी काम गर्न नसकिने स्पष्ट गर्दै आएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको