सर्वोच्चमा मधेश मुख्यमन्त्री नियुक्ति विवाद: सुनुवाइ शुक्रबारसम्म सारियो


काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटको सुनुवाइ सर्वोच्च अदालतले शुक्रबारका लागि सारिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बिहीबार बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राख्दै शुक्रबारका लागि पेशी तोकिएको हो।

बिहीबार रिट निवेदक पक्षले दुई घण्टाभन्दा बढी समय बहस गरेको थियो भने मुख्यमन्त्री यादवको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले करिब एक घण्टासम्म बहस गरेका थिए। बहस निष्कर्षमा नपुगेपछि सुनुवाइ स्थगित गरिएको हो।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सात दलका ७४ प्रदेश सांसदले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। प्रारम्भिक सुनुवाइमै सर्वोच्चले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।

यादवले हालै तीन नयाँ मन्त्रीहरूको विभाग तोकेपछि राजनीतिक दल र नागरिक समाजबाट आलोचना हुँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको