विवाहपञ्चमी मेलामा चोरी-पाकेटमारीमा संलग्न ६३ जना नियन्त्रणमा


जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाले सीताराम विवाहपञ्चमी समारोहको भीडभाडमा चोरी तथा पाकेटमारीमा संलग्न रहेको आरोपमा ३७ जना भारतीय र २६ जना नेपाली गरी ६३ जनालाई नियन्त्रणमा जनाएको छ।

मेलामा आएका श्रद्धालुहरूको नगद, सुन-चाँदीका गरगहना तथा मोबाइल चोरी गरेको आरोपमा जनकपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामध्ये ५० जना पुरुष र १३ जना महिला छन्।

प्रहरीका अनुसार नियन्त्रणमा रहेका व्यक्तिहरूको साथबाट १ लाख २७ हजार ८४ रुपैयाँ नगद, १५ थान मोबाइल, सुन जस्तो देखिने १२ थान मंगलसूत्रसहितका गरगहना, ३ थान चाँदीका औँठी लगायतका सामग्री बरामद गरिएको छ।

विवाहपञ्चमी मेलामा प्रत्येक वर्ष देखिने भीडभाडलाई लक्षित गर्दै चोरी-पाकेटमारीका घटनाहरू बढ्ने गरेकाले अहिले घटना नियन्त्रण र अनुसन्धान तीव्र पारिएको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको