राजविराज। मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ।
सर्लाही जिल्लाको राजगढ गाउँपालिका-६ फकिरा घर भई हाल राजविराज नगरपालिका-१६ बोरिया बस्दै आएका १९ वर्षीय मुकेश यादवको उपचारका क्रममा आज छिन्नमस्ता अस्पताल, राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
प्रहरीका अनुसार, दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो। मोबाइल चोरी गरेको आरोपमा साहले यादवलाई कुटपिट गरेका थिए। घटनामा घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो।
घटना सम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









