रौतहटमा दुई थान अटोमेटिक पेस्तोलसहित युवक पक्राउ


काभ्रे। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले रौतहटमा दुई थान अटोमेटिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिबार दिउँसो चन्द्रपुर नगरपालिका-४ को देउराली चोकमा चेकजाँचका क्रममा उनलाई रोकिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्ने व्यक्ति बाराको निजगढ नगरपालिका-६ स्थायी घर भई हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य हुन्। टोलीले उनलाई दुई थान पेस्तोलसहित नियन्त्रणमा लिएको थियो।

उनको साथबाट बेरेटा मेड इन इटाली र CF 98-9-900169082360 लेखिएको दुई थान अटोमेटिक पेस्तोल, दुई म्याग्जिन, १३ राउन्ड गोली तथा एक थान खुकुरी समेत बरामद गरिएको डिएसपी थापाले जानकारी दिए।

थप कारबाहीका लागि आचार्यलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको