उत्कृष्ट करदाता सम्मानबाट बर्दिबासका व्यवसायी कुमार भण्डारी सम्मानित


बर्दिबास। बर्दिबासका सफल व्यवसायी कुमार भण्डारी उत्कृष्ट करदाता सम्मान प्राप्त गरेका छन्। बर्दिबास-१ निवासी भण्डारीलाई आन्तरिक राजश्व कार्यालय बर्दिबास (महोत्तरी) ले आफ्नो कार्यक्षेत्रका उत्कृष्ट करदाता सम्मान प्रदान गरेको हो।

आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट करदातालाई आज सोमबार १४औँ राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित गरिएको थियो। भण्डारीलाई कार्यालयका प्रमुख अमित पौडेलले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो।

सम्मानित भण्डारी बर्दिबासस्थित गणेश ट्रान्सपोर्ट, रक्षा ट्रेडर्स र भण्डारी सप्लायर्स लगायतका व्यवसायका सञ्चालक हुन्। उनले आर्थिक वर्ष २०८१/०८२ मा ७६ लाख ५५ हजार रुपैयाँ आयकर बुझाएको कार्यालयको अभिलेखले जनाएको छ। यो रकम सो कार्यक्षेत्रमा सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीको रूपमा दर्ता भएको छ। उनका उद्यम–व्यवसायमार्फत ५० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्।

नयाँ पुस्ताबीच लोकप्रिय भण्डारी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। उनी हाल बर्दिबास हेल्प फाउण्डेशनका अध्यक्षसमेत छन्। फाउण्डेशनले बर्दिबास नगरक्षेत्रका ३३ जना आर्थिक रूपले कमजोर विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराएको छ।

सामाजिक सेवा, व्यवसायिक पारदर्शिता र योगदानका कारण भण्डारीप्रति बर्दिबासका युवाहरू राजनीतिक जिम्मेवारीमा अग्रसर हुनुपर्ने माग राख्दै आएका देखिन्छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको