विवाह पंचमीको अवसरमा जनकपुरधाममा मदिरा तथा मासु बिक्री-वितरणमा प्रतिबन्ध


जनकपुरधाम। विवाह पंचमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा मदिरा बिक्री-वितरण तथा पशुपन्छी काट्न, माछा-मासु बिक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंसिर ९ गते राति १२:०० बजेदेखि मंसिर १० गते राति १२:०० बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिधि क्षेत्र तथा परिक्रमा मार्गमा मदिरा बिक्री-वितरण, पशुपन्छी वध, माछा-मासु बिक्री एवं अन्य नाच-गान लगायतका कार्यक्रममा पूर्णरूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

रामजानकी विवाह–पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सोह्रश्रृंगारयुक्त बनाउन भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा उल्लेख भएअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि किसिमको मदिरा तथा मासुजन्य गतिविधि पाए कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको