चक्कू प्रहार गर्ने व्यक्ती प्रहरीको नियन्त्रणमा


महोत्तरी। महोत्तरीको औरही नगरपालिका-१, औरहीमा एक महिलामाथि चक्कू प्रहार भएको घटनामा संलग्न व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७९ साल कात्तिक २५ गते राति करिब ९:१५ बजे दुखिया खत्वोकी छोरी तथा डिभोर्स भएकी ३९ वर्षीया सरस्वती देवीमाथि सोही स्थानका २९ वर्षीय राकेश चौधरीले चक्कू प्रहार गरेको भन्ने जानकारी पाएपछि प्रहरी चौकी औरही तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा पुगेपछि सरस्वतीको टाउको, घाँटीसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्था देखिएको र तत्कालै उपचारका लागि उनलाई बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पताल पठाइएको जनाएको छ।

घटनापछि फरार रहेका चौधरीलाई खोजतलास गर्ने क्रममा राति ११:२० बजे उनको घरमैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय गौशालामा ल्याई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

महोत्तरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा आरोपीका लागि ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको