१० किलो लागुऔषध (गाँजा) सहित दुई जना भारतीय नागरिक पक्राउ


महोत्तरी। महोत्तरी जिल्लाको औरही नगरपालिका-१, औरही चोकस्थित बर्दिवास-जलेश्वर सडकखण्डमा प्रहरीले १० किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२/०७/२७ गते दिउँसो करिब ४ः३० बजे प्रहरी चौकी औरही महोत्तरीबाट खटिएको पिकेट गस्ती टोली तथा ट्राफिक प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा उत्तर बर्दिवासबाट दक्षिण औरहीतर्फ जाँदै गरेको BR-30A-0608 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक भारत, बिहार राज्य वैशाली जिल्ला-५ पतेपुरका २७ वर्षीय गोबिन्द राम र पछाडि सवार ऐ. ऐ. बस्ने २१ वर्षीय एकवाल मोहम्मदले बोकेको कालो झोलाभित्र प्लास्टिकले बेरिएको तथा डोरीले बाँधिएको अवस्थामा लुकाइ-छिपाइ राखिएको ५-५ किलोग्रामका दुई पोका गरी जम्मा १० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई पक्राउ गरी बरामद गरिएको गाँजा सहित इलाका प्रहरी कार्यालय गौशाला लगिएको र आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको