Gen-Z आन्दोलनका क्रममा फरार कर्तव्य ज्यान मुद्दाका कैदी पर्साबाट पक्राउ


पर्सा। Generation-Z (Gen-Z) आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका-८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई मिति २०८२।०७।२३ गते साँझ ४ बजेतिर पक्राउ गरेको हो। उनलाई पर्सा जिल्ला अदालतले कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसूरमा २५ वर्ष कैद सजाय सुनाएको थियो।

महराले २०८२।०५।२४ गते Gen-Z आन्दोलनको भीडभाडको मौका छोपी केन्द्रीय कारागारबाट फरार भई आफ्नै घरतिर लुकीछिपी बस्दै आएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गराई कारागार कार्यालय वीरगंजमा बुझाइिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको