करहरवा बासीको आक्रोश: सार्बजनिक पोखरी व्यक्तिगत उपभोगमा किन?


२३ कात्तिक, करहरवा, सिरहा – भोगेन्द्र कुमार यादव। औरही गाउँपालिका वडा नं. ३ अन्तर्गतको करहरवा गाउँका स्थानीय बासिन्दाहरू अहिले गहिरो असन्तुष्ट छन् । जनताको कर, पसिना र श्रमबाट निर्माण गरिएको सार्वजनिक सम्पत्ति आज व्यक्तिगत स्वार्थमा प्रयोग भइरहेको भन्दै गाउँमा आक्रोश चुलिएको छ । सार्वजनिक पोखरी अहिले गाउँपालिका उपाध्यक्ष रेणु यादवको व्यक्तिगत उपभोगमा परेको स्थानीयहरूको आरोप छ । उक्त पोखरी विकास, सिँचाइ र जनताको सामूहिक उपयोगका लागि बनाइएको थियो । तर अहिले सो पोखरीबाट व्यक्तिगत लाभ उठाइँदै आएको भन्दै जनताले उपाध्यक्ष यादवप्रति तीव्र असन्तुष्टि जनाएका छन् । स्थानीय बुद्धिजीवी यादव भन्छन्

गाउँको नाममा बनाइएको पोखरी आज एक व्यक्तिको स्वार्थमा चलिरहेको छ । यस्तो अवस्था देख्दा जनताको विश्वासमाथि प्रहार भएको महसुस हुन्छ ।

उपाध्यक्ष रेणु यादव करहरवाकै स्थायी बासिन्दा हुन् । यही गाउँले उनलाई मत दिएर उपाध्यक्ष बनाएको थियो । तर अहिले जनतामा ठूला प्रश्नहरू उठेका छन्।

  1. के करहरवाका जनताले दिएको मतको सम्मान यही हो ?
  2.  जनताको लागि बनेको सम्पत्ति किन व्यक्तिगत रूपमा प्रयोग भइरहेको छ ?
  3.  करहरवामा विकासका बजेट किन नआएको हो ?

सामाजिक सञ्जालमा समेत स्थानीय युवाहरूले तीव्र प्रतिक्रिया दिएका छन् । उनीहरू भन्छन्

हामीले विश्वास गरेर भोट दिएर जितायौं, तर हाम्रो गाउँ नै बजेटविहीन बनाइयो । पोखरी जनताको सम्पत्ति हो, व्यक्तिगत प्रयोग होइन ।

पत्रकार तथा नागरिकको नाताले म पनि प्रश्न गर्न चाहन्छु

के उपाध्यक्ष रेणु यादवले आफ्नो जिम्मेवारी बिर्सिनुभएको हो ? के गाउँपालिकाको सम्पत्ति निजी स्वार्थमा लगाएर जनतालाई निरास पार्नु नेतृत्वको धर्म हो ?

करहरवाका जनताले अहिले खुला रूपमा माग गरेका छन्

सार्वजनिक सम्पत्तिको दुरुपयोग रोकियोस्, जनताको अधिकार र करको पैसाको जवाफ दिइयोस्।

जनताको माया र मतले जितेकी उपाध्यक्षले अब गाउँको माटो, जनताको भरोसा र विकासको अपेक्षाको इज्जत राख्नुपर्छ यही करहरवाका जनताको साझा आवाज बनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको