जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न ४ जना भक्तपुरबाट पक्राउ


काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई भक्तपुर सानोठिमी बस्ने २२ वर्षीय सागर मगर, रामेछापको खाँडादेवी गाउँपालिका-६ घर भई भक्तपुरको मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र रौतहटको दुर्गा भगवती गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय सञ्जितकुमार ठाकुर रहेका छन्।

उनीहरूले मध्यपुर थिमी नगरपालिका-५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र वडा नम्बर-२ मा अवस्थित प्रहरी प्रभाग सानोठिमीमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश जबेगुले उनीहरूविरुद्ध आवश्यक थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको