जनकपुरधाममा चाडपर्वको अवसर छोपी भएको चोरीमा संलग्न पाँच जना सार्वजनिक


जनकपुर। जनकपुरधाममा चाडपर्वको भीडभाडको मौका छोपी भएको चोरी घटनामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेकामध्ये धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४ का ४० वर्षीया काली भन्ने हिरा देवी मुखिया, ४५ वर्षीया राधा देवी मुखिया, जनकपुरधाम-८ की १९ वर्षीया जस्मिन खातुन, साथै जनकपुरधाम-२ स्थित ‘माँ अम्बे ज्वेलर्स’का संचालक सत्रोधन साह सोनारका २७ वर्षीय छोरा सुरज साह सोनार र महोत्तरीको एकडाँडा गाउँपालिका-३ का चन्देश्वर साहका छोरा, सोही ज्वेलर्समा मजदुरका रूपमा कार्यरत २३ वर्षीय अनरजित कुमार साह रहेका छन्।

धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार, उनीहरू चाडपर्वको समयमा घर तथा व्यवसायिक क्षेत्रहरू लक्षित गरी चोरी र सामान हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले थप अनुसन्धान अघि वाढाएको र घटनामा संलग्न अरू व्यक्ति वा समूहबारे पनि छानबिन भइरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको