बर्दिबासमा अवैध रूपमा बालुवा उत्खनन् गर्ने २ ट्र्याक्टर नियन्त्रण


बर्दिबास, महोत्तरी। बर्दिबास नगरपालिका-६ र ३ स्थित रातु खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा दुईवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिति २०८२/०७/१६ गते ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज. १ त ७८१९ र ज. १ त ९२८५ नम्बरका ट्र्याक्टरलाई बालुवा लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा राखिएको थियो।

उक्त ट्र्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि मिति २०८२/०७/१७ गते बर्दिबास नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको