राजविराज। शनिवारदेखी नै मुसलधारे वर्षाका कारण सप्तरी लगायत मधेशका आठवटै जिल्ला डुबानमा छ । आइतवार विहानवाट त झन संकटपूर्ण अवस्था सृजना भयो । कोसी व्यारेजमा बढ्दो पानीको वहाव र जिल्लाका प्रायजसो सबै पालिकामा वर्षा र वाढी ले सर्वसाधारण संकटमा रहदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने आइतवार दिनभरी सप्तरी मा अन्य पार्टीवाट आफ्ना पार्टी मा नेता कार्यकर्ता भित्रयाउन व्यस्त रहे ।
सप्तरीको खडग नगरपालिका ८ भदैयाको कवर्डहलमा आइतवारआयोजित शुभकामना आदानप्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी रहेका जसपा नेपालका अध्यक्ष यादवले अबीर , माला र गम्छा लगाउँदै अन्य पार्टीका कायकर्तालाई आफ्नो पार्टीमा भित्रयाउने कार्यमा लागिरहे ।
मुसलधारे वर्षाका वीच डुवान कटान बढेको र उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मी सहित अन्य सर्वसाधारण लागिरहेका वेला पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह , जिल्ला अध्यक्ष केदार यादव, वोदेवरसाइन नगरपालिका का नगरप्रमुख आतेशकुमार सिंह सहित आफ्ना पार्टीका केन्द्रीय र जिल्ला स्तरीय नेतासहित अध्यक्ष उपेन्द्र यादव सजिएको मंचमा आसन ग्रहण गर्दै पार्टी मजवुतीकरणको नाममा अवीर माला र गम्छा ओढाइरहे, पार्टीमा भित्रयाइरहे ।
अबेर साँझ सम्म कार्यक्रमलाई सम्बोधन गर्दै यादवले बाढीको पीडा भन्दा पनि काँग्रेस कम्युनिष्ट खराब भएको र राजनैतिक भाषण गरिरहे ।










