बर्दिबासमा भव्यतापूर्वक सम्पन्न दुर्गा पुजा तथा सांस्कृतिक महोत्सव


बर्दिवास- जिवन राज दाहाल।

बर्दिबास–१ स्थित ऐतिहासिक दुर्गा मन्दिर परिसरमा दुईदिने दुर्गा पुजा तथा बृहत् सांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। फूलपाती (असोज १३) र महाअष्टमी (असोज १४) का दिन आयोजित महोत्सव युवा टोल सुधार समितिको विशेष पहलमा सम्पन्न भएको हो।

कार्यक्रममा पूजाआजा, नाटक, जादु, कमेडी, नृत्य, गायन लगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएका थिए। कार्यक्रममा सहभागी हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका कार्यक्रमले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

लागूऔषध तथा दुर्व्यसनविरुद्धको सन्देशमूलक नाटक निर्देशक बिनोद ढुङ्गेलको निर्देशनमा रमेश खत्री, अनिल दाहाल, मदन सुन्दास, राजकुमार महरा, कमला कार्की, सुशान्त कट्टेल, रोहन पौडेललगायत कलाकारहरूले प्रस्तुत गरेका थिए।

राष्ट्रिय कलाकार सुबोध गौतम, रुद्रसेन विश्वकर्मा, श्रीकृष्ण लुइँटेल, प्रभात लामा, अर्जुन बाबु लामा, अचल बहादुर केसी (हेटौडा) लगायतले सांगीतिक प्रस्तुति दिएका थिए। स्थानीय गायक जिवनाथ पोखरेल र डिप्सन कार्की, नृत्य कलाकार सबिना लामगादे, युनिषा भण्डारी, सङ्गबिता पुरी, सेनिशा सेन्चुरी तथा बर्दिबास डान्स स्टुडियोका कलाकारहरूको प्रस्तुतिले पनि कार्यक्रमलाई आकर्षक बनाएको थियो।

कार्यक्रम सञ्चालनमा ईश्वर पोखरेल, सुनिता बराल, जीवनराज दाहाल र सबिना लामगादेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पूजाआजामा पुरोहित चन्द्रप्रसाद बरालको विशेष योगदान रहेको समितिले जनाएको छ।

कार्यक्रम सफल बनाउन बर्दिबास नगरपालिका, विभिन्न संघसंस्था, उद्योग वाणिज्य संघ बर्दिबास, होटल तथा पर्यटन व्यवसायी महासंघ (मधेश प्रदेश), राजनीतिक दल, सुरक्षाकर्मी र स्थानीयवासीको उल्लेखनीय सहकार्य रहेको दुर्गा पुजा तयारी समितिले जानकारी दिएको छ। साथै, कार्यक्रम व्यवस्थापनमा राजन गौतम, कैलास पोखरेल, श्याम पौडेल, शिवु भट्टराईलगायत स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको थियो।

समितिले कार्यक्रमको मिडिया सहयोगमा टक नेपाल टि भी, BG मिडिया, बर्दिबास मिडिया हाउस, राष्ट्रिय लोक तथा दोहोरी महोत्तरी, गौतम होटल परिवारलगायत संस्थाको आभार प्रकट गरेको छ।

यसैबीच, कार्यक्रममा कुनै त्रुटि वा कमी भएको खण्डमा सामाजिक सञ्जालमार्फत समितिले क्षमायाचना पनि गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको