वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरमा आज लागेको मेलामा चोरी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मेलामा आएका दर्शनार्थीहरूको मोबाइल फोन र सुनका गरगहना चोर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भीडभाडको अवसर पारेर चोरी हुने सम्भावना उच्च भएकाले विशेष निगरानी राखिएको थियो। सोही क्रममा पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको बताइएको छ।
स्थानीयहरूले मेलामा चोरी गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरीलाई धन्यवाद दिएका छन्।










