जनमत पार्टीले मुख्यमन्त्री फिर्ता बोलाएको पत्र सभामुखलाई बुझायो


जनकपुरधाम – जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई सरकारबाट फिर्ता बोलाएको पत्र प्रदेश सभा सभामुख रामचन्द्र मण्डललाई बुझाएको छ ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले बुझाएको पत्रमा मधेस सरकारलाई दिइएको समर्थन फिर्ता लिएको तथा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई पार्टीले फिर्ता बोलाएको जानकारी भदौ २८ गते नै प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको उल्लेख छ ।

यादवले सभामुखलाई पठाएको पत्रमा सो निर्णयअनुसार प्रदेश सभामा जनमत पार्टीको व्यवस्थापन मिलाउन आग्रह गरिएको छ । सभामुख मण्डलले उक्त पत्र प्रदेश सभा सचिवालयमा दर्ता गर्न लगाउँदै आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको