जनमत पार्टीका पाँच संघीय सांसदहरूको सामूहिक राजीनामा


२५ भदौ, काठमाडौं ।

जनमत पार्टीका पाँच जना संघीय सांसदहरूले सामूहिक राजीनामा दिएका छन् । देशको वर्तमान आन्दोलन र परिस्थितिलाई मध्यनजर गर्दै नयाँ गणतन्त्रको स्थापनाकै माध्यमबाट मात्रै समाधान सम्भव हुने विश्वासका साथ राजीनामा दिएको जनमत पार्टीले जनाएको छ ।

प्रतिनिधि सभामा प्रमुख सचेतकसमेत रहेकी सांसद अनिता देवी सहित सांसद अब्दुल खान, बिनिता सिंह दनुवार, गोमा लाभ सापकोटा र सोनु मुर्मु ले आजैको मितिबाट राजीनामा पत्र प्रस्तुत गरेका हुन् ।

सांसद देवीले जारी गरेको विज्ञप्तिमा जनतासँग उभिन र संघर्षको समयमा साथ दिन आफूहरू तयार रहेको उल्लेख छ । उनले आफ्नो नेतृत्वमा विश्वास र आस्था राखेका जनतालाई धन्यवाद दिँदै आन्दोलनलाई नयाँ चरणमा लैजान यो कदम चालेको बताएकी छन् ।

यससँगै प्रतिनिधि सभामा जनमत पार्टीको उपस्थिति औपचारिक रूपमा घट्ने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको