नयाँबानेश्वरमा पत्रकारलाई गोली


काठमाडौं : कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई नयाँबानेश्वरमा गोली लागेको छ।

जेनजी पुस्ताको प्रदर्शन खिचिरहेका बेला प्रहरीले चलाएको रबरको गोली श्रेष्ठको पाखुरामा लागेर उनी घाइते भएका हुन्। हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बानेश्वरको भीड नियन्त्रणका लागि प्रहरीले रबरको गोली प्रयोग गरेको हो। सो क्रममा प्रहरी र जेनजी पुस्ताका केही युवाहरू समेत घाइते भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको