काठमाडौंमा निषेधाज्ञा जारी


काठमाडौं ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज (२०८२ भदौ २३ गते) अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार काठमाडौं महानगरपालिकाभित्र पर्ने बानेश्वर क्षेत्रको चारकिल्लाभित्र कुनै पनि व्यक्ति वा समूहले सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना जस्ता गतिविधि गर्न पाउने छैनन्।

निषेधाज्ञा क्षेत्रहरु:-

  • बानेश्वर चौकदेखि पश्चिम एभरेष्ट होटल हुँदै विजुलीबजार पुलसम्म
  • बानेश्वर चौकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चौकसम्म
  • बानेश्वर चौकदेखि उत्तर आईसोलेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म
  • बानेश्वर चौकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरी जारी गरेको आदेशमा तोकिएको सीमाभित्र मानिसको आवतजावत र भीडभाडसमेत नगर्न चेतावनी दिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको