बारामा १३८ किलो गाँजासहित महिला पक्राउ


कलैया – बाराको सिम्रौनगढ नगरपालिका – २ नयका टोलमा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, विशेष सूचनाको आधारमा शुक्रबार साँझ साढे ७ बजे गरिएको छापामारीबाट १३८ किलो ७ सय ग्राम गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले ३५ वर्षीया रिता देवी यादवको घर खानतलासी गर्दा खाटमुनि जुट र प्लास्टिकको बोरा भित्र लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको जनाएको छ।

प्रहरीले घरधनी यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको