जनकपुर रा.रा.ब. कलेज प्रमुखविरुद्ध जातीय छुवाछुतको उजुरी


जनकपुरधाम – जनकपुरधामस्थित राराब कलेजका क्याम्पस प्रमुख बसन्त कुमार कर्णविरुद्ध जातीय छुवाछुत गरेको आरोपमा उजुरी दर्ता भएको छ।

विगत २४ वर्षदेखि सो कलेजमा कार्यरत कार्यालय सहयोगी राम बिहारी खत्वेले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन्। उनले आफूलाई दलित भनेर निरन्तर अपमान गरिएको, क्याम्पसका कोठा तथा कर्मचारीहरूको समूहमा बस्न नदिएको र पानी समेत पिउन नदिएको आरोप लगाएका छन्।

खत्वेको भनाइमा, गत भदौ ५ गते पनि क्याम्पस प्रमुख कर्णले “तिम्रो पानी चल्दैन” भन्दै सार्वजनिक रूपमा अपमानजनक व्यवहार गरेका थिए। “म नेपाल सरकारको कर्मचारी हुँ, मैले कुनै गल्ती गरेको छैन” भनी प्रतिवाद गर्दा झन् गालीगलौज र भेदभावपूर्ण व्यवहार गरिएको उनको दाबी छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उजुरी परेको पुष्टि गरेको छ। यस विषयमा बुझ्न खोज्दा क्याम्पस प्रमुख कर्णले फोन उठाएनन्। तर, उनको निकट स्रोतले भने खत्वेसँग आपसी मतभेदका कारण बनावटी आरोप लगाइएको टिप्पणी गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको