जमुनिबासमा माइक्रो र बाइक ठोक्किँदा युवक गम्भीर घाइते


९ भदौ, ढल्केवर, धनुषा – लालगढ सडकखण्डअन्तर्गत जमुनिबासमा आज दिउँसो भएको सडक दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।

ढल्केबरबाट लालगढतर्फ जाँदै गरेको माइक्रो (म.प. ०४००१ ज ००३८) र ढल्केबरतर्फ आइरहेको मोटरसाइकल (म.प. ०२००७ प ५८८६) एकआपसमा ठोक्किँदा मिथिला राघोपुरका बिर्जु नामका युवक गम्भीर घाइते भएका हुन्।

ढल्केबर ट्राफिक प्रहरी इन्चार्ज श्याम ठाकुरका अनुसार घाइते बिर्जुको अवस्था चिन्ताजनक छ र उनको उपचार मोडेल अस्पताल लालगढमा भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको