२ भादौ सर्लाही ३ का राजीव कुमार मिश्रसहित दर्जनौं नेता कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गर्दै सोमबार जनमत पार्टीमा प्रवेश गरेका छन्।
काठमाडौंस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरी, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, प्रवक्ता शरद सिंह यादव, केन्द्रीय कार्यकारिणी सदस्य संजयकुमार सिंह र सर्लाही इञ्चार्ज श्रीचन यादवलगायतका नेताले नवप्रवेशीलाई स्वागत गरेका थिए।

कार्यक्रममा वक्ताहरूले जनमत पार्टी देश र मधेशको हितका लागि वैकल्पिक शक्ति बनेर अघि बढिरहेको उल्लेख गर्दै पार्टीप्रति जनताको विश्वास बढ्दो क्रममा रहेको धारणा व्यक्त गरे।
हालै मधेशका विभिन्न जिल्लामा जनमत पार्टीप्रतिको आकर्षण तीव्र रुपमा बढिरहेको जनाइएको छ।



















