काठमाडौँ – लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ – आर अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ मिथिला सिटीले Charter Presentation, Induction, Installation, 11th Charter Anniversary & Award Ceremony Program गत बुधबार काठमाडौँमा भव्य, मर्यादित र प्रेरणादायी रूपमा सम्पन्न गरेको छ।

कार्यक्रम क्लब अध्यक्ष लायन आनन्द कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व शिक्षामन्त्री, विज्ञान, प्रविधि, स्वास्थ्य तथा जनसंख्या मन्त्री, संविधानसभा सदस्य तथा आधारशिला संस्थापक अध्यक्ष गिरिराजमणि पोख्रेल प्रमुख अतिथि रहेका थिए।
लायन्स इन्टरनेशनल जिल्ला ३२५–आरका गर्भनर लायन नवराज सापकोटा विशेष अतिथि थिए भने पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन उदय कान्त झालाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै चार्टर सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको सांगीतिक हिस्सामा मैथिली लोक गायक रवि राज शाहले आकर्षक प्रस्तुति दिएका थिए।
यस अवसरमा निबर्तमान गर्भनर लायन दिननाथ न्यौपाने, 1st VDG लायन प्रभाकर पण्डित, 2nd VDG लायन दिपेन्द्र खतिवडा, पूर्व गर्भनरहरू लायन राजकुमार श्रेष्ठ, लायन सिद्धार्थ लाल चुके, लायन डि.के. ढुगाना, लायन आर.एस. महतो, क्याबिनेटका कोषाध्यक्ष लायन विकास पौडेल, वरिष्ठ पदाधिकारी लायन जगन्नाथ पुडासैनी, क्लस्टर प्रमुख लायन रमेश कुमार पुडासैनी, जोन अफिसरहरू, क्लब अध्यक्षहरू लगायत क्लबका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन लायन डा. राम कुमार मण्डल र व्यवस्थापन लायन राघवेन्द्र सिंहको नेतृत्वमा गरिएको थियो। अध्यक्ष लायन आनन्द कुमार मण्डलका अनुसार, कार्यक्रम ऐतिहासिक, सफल, स्मरणीय र उदाहरणीय बन्न सफल भएको छ।



















