रूसमा जनमत पार्टी अध्यक्ष डा. सिके राउतलाई नेपाली दूतावासद्वारा स्वागत


काठमाडौँ – रूस भ्रमणमा रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई रूसका लागि नेपाली राजदूत जंग बहादुर चौहानसहित दूतावासका कर्मचारीहरूले शुक्रबार राजधानी मस्कोमा स्वागत गरेका छन्।

सो अवसरमा अध्यक्ष राउत र राजदूत चौहानबीच रूसमा रहेका नेपालीहरूको अवस्था, समस्या तथा समाधानका उपायहरूबारे छलफल भएको थियो। साथै नेपाल–रूसबीचको बहुआयामिक सम्बन्धका विभिन्न पक्षहरूबारे पनि विचारविमर्श भएको डा. राउतको सचिवालयले जनाएको छ।

यस्तै, डा. राउतले गैरआवासीय नेपाली संघ (एनआरएनए) रूसका वर्तमान तथा पूर्व पदाधिकारीहरूसँग पनि भेटघाट गर्नुभएको छ। छलफलका क्रममा सहभागीहरूले रूस जान झन्झटिलो प्रक्रिया, एनओसी लिनुपर्ने आवश्यकता, आर्थिक कारोबार तथा रेमिटेन्स पठाउने समस्यासहित दोहोरो नागरिकताको विषयमा ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष राउत गत साउन २३ गते रूस प्रस्थान गर्नुभएको हो। उहाँ भोलि स्वदेश फर्कने कार्यक्रम छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको