जनकपुरधाममा जग्गा विवादका क्रममा वकिल र पत्रकारबीच झडप, आधा दर्जन पत्रकार घाइते


२७ साउन, धनुषा – धनुषाको जनकपुरधाममा वकिलहरूले पत्रकारमाथि आक्रमण गर्दा आधा दर्जनभन्दा बढी पत्रकार घाइते भएका छन्। घाइते हुनेमध्ये नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ र पत्रकार दिवाकर राय रहेका छन्। उनीहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। अध्यक्ष बन्जारालाई शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने रायको टाउकोमा चोट लागेको छ।

घटना मंगलबार नेपाल पत्रकार महासंघ प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको ४ कट्ठा जग्गा कब्जा गर्न खोज्दा भएको हो। महासंघका अनुसार भूतनाथ महादेवको दक्षिणतर्फको उक्त जग्गा वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँमा २० वर्षका लागि गुठीसँग सम्झौता गरिएको छ। तर नेपाल बार एसोसिएसन जनकपुरधामले उक्त जग्गामा आफ्नो पार्किङको दाबी गर्दै साउन २१ गतेदेखि कब्जा गरेको आरोप महासंघले लगाएको छ।

अध्यक्ष बन्जाराले कानुनी प्रक्रिया पूरा गरेर प्राप्त जग्गा कब्जा गर्नु आपत्तिजनक भएको बताए। उनका अनुसार बारसँग मौखिक सहमति भए पनि पछिल्ला दिनमा विवाद चर्कँदै गएको हो। यस विषयमा भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। महासंघले त्यहीँ प्रदेश कार्यालय भवन निर्माण गर्ने योजना रहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको