सप्तरी, राजगढ – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आइतबार सप्तरीको राजगढ–२ कमलपुर पुगेर गोली लागी मृत्यु भएका ३६ वर्षीय लालु यादवको घर तथा घटनास्थलको अवलोकन गर्नुभयो।
शोकसन्तप्त परिवार, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गर्दै मुख्यमन्त्री सिंहले स्व. यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र परिवारलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्नुभयो।
उहाँले घटनाबारे आवश्यक अनुसन्धान र छानबिन भइरहेको बताउँदै सत्य तथ्य छिट्टै सार्वजनिक हुनेमा विश्वास व्यक्त गर्नुभयो।



















