२४ साउन, बर्दिवास – जिवन राज दाहाल।
सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार बर्दिवासमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम ‘अब हाँस्छ बर्दिवास’ उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ । कार्यक्रममा सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य रहेको थियो । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको सह–सञ्चालन संस्थाका सदस्य विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले गरेका थिए भने उपाध्यक्ष जीवनराज दाहालले उपस्थित सम्पूर्ण अतिथिलाई हार्दिक स्वागत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष पदम आलेसहित बर्दिवासका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, पत्रकार, व्यवसायी तथा विविध क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रह्यो ।
अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, होटल व्यवसायी संघ महोत्तरी अध्यक्ष गुन्ज बहादुर कार्की, प्रगतिशील लेखक संघ (प्रलेस) मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, केन्द्रीय सदस्य विमला विक, शिशिर घिमिरे स्मृति प्रतिष्ठान संयोजक प्रेम घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष जीवन स्पर्शी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरी अध्यक्ष बेलबहादुर परियार, प्रलेस मधेस प्रदेश सचिव भिम कुमार राउत, जनवादी लेखक संघ सीतामढीका कोषाध्यक्ष मो. कमरुद्दीन नदाफ, रोटरी क्लब अफ बर्दिवास अध्यक्ष सीताराम ढुङ्गेल, रोट्र्याक्ट क्लब अफ बर्दिवास अध्यक्ष सरोज गजमेर, शिक्षासेवी खड्गबहादुर सिंह, कमला साहित्य समाज अध्यक्ष गणेश तिमल्सिना, मायाघर नेपाल निर्माण समिति अध्यक्ष शम्भु भट्टराई, विद्यालयका प्र.अ. रमा शर्मा ढकाल, अम्बिका प्र. दाहाल, शिक्षक देवी काफ्ले, बुढ्यौली साहित्य समाज सिन्धुली उपाध्यक्ष केसव कुमार फुयाल, आख्यान विभाग प्रमुख लिलानाथ गौतम, प्रलेस महोत्तरी उपाध्यक्ष सानिमाया पुलामी, भान्सा सुधार अभियान नेपाल अध्यक्ष कविता दाहाल, समाजसेवी सुदिप कार्की, गौरीवास युथ क्लब अध्यक्ष सुबोध कट्टेल, गौतम होटल सञ्चालक नरहरि गौतम, शिक्षाप्रेमी जय जोशी तथा पत्रकार गोपाल बराल, मनोज थापा, अजय शाह, आशा तोलाङ्गे, निकेश खनाल लगायत थिए ।

कार्यक्रममा कविता, गीत, नृत्य, जादु तथा प्रहसनजस्ता विविध प्रस्तुतिहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए । प्रस्तोताहरूमा बेलबहादुर परियार, प्रतिभा पोखरेल, जीवनाथ पोखरेल, कविता दाहाल, रमेश खत्री, सुमन सारङी, कृष्ण क्याप्छाकी, मदन सुन्दास, प्रतिमा पौडेल, प्रविन पौडेल, नारायण खड्का, राजेश भण्डारी, प्रेम घिमिरे लगायत थिए । कमेडी नृत्यदेखि जादु प्रदर्शनसम्मका मनोरञ्जनात्मक प्रस्तुतीहरूले कार्यक्रमको रौनक थपिएकाे थियो ।
प्रमुख अतिथि सारदा देवी थापाले आफ्नो मन्तव्यमा यो कार्यक्रमले बर्दिवासमा हास्यव्यङ्ग्यको सशक्त उपस्थिती देखाएको र समाजका विकृति–विसङ्गतिहरूलाई निडर व्यङ्ग्यमार्फत प्रस्तुत गर्न सफल भएको बताइन् । उनले यस्तो रचनात्मक व्यङ्ग्यले राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकसहित सबैको कमजोरी उजागर गर्न मद्दत पुर्याउने र यसले सुधारको बाटो खुल्ने अपेक्षा व्यक्त गरिन् ।
अन्त्यमा सभाध्यक्ष नारद प्रसाद काफ्लेले ‘अब हाँस्छ बर्दिवास’ मा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण दर्शक–श्रोता, प्रस्तुतकर्ता, सञ्चारकर्मी, सहयोगी संस्था तथा गौतम होटल परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।










