जनमत पार्टीद्वारा कडा अनुशासन निर्देश: गुटगत गतिविधिमा संलग्नहरूको नाम माग


काठमाडौँ — जनमत पार्टीले सबै ७७ वटै जिल्ला इन्चार्जहरूलाई पार्टी विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूको नाम सूची प्रमाणसहित केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

पार्टी सचिवालयद्वारा २०८२ साउन २१ गते जारी सर्कुलर अनुसार, संगठनको सफलताका लागि अनुशासन अत्यावश्यक रहेको उल्लेख गर्दै पार्टीले अनुशासन पालन नगर्ने सदस्यहरूको रिपोर्ट सदस्यता रेकर्डमा राख्ने निर्णय गरेको हो।

साथै, कुनै पनि सदस्यले समितिमा बस्ने, टिकट लिने वा अन्य लाभ लिने क्रममा “अनुशासन सफा प्रमाणपत्र” पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

पार्टीले गुट/समूहगत भेला, पार्टीविरुद्ध पोस्टरिङ गर्ने वा कुनै पनि प्रकारको पार्टी विरोधी गतिविधिमा संलग्न सदस्यहरूको नाम, प्रमाणसहित नियमित रूपमा पठाउन सबै जिल्ला इन्चार्जहरूलाई आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको