धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच झडप, हवाई फायर गर्दै स्थिति नियन्त्रण


धनुषा — भारतबाट अवैध रूपमा सामान ल्याउने प्रयासमा संलग्न समूह र सशस्त्र प्रहरी बलबीच धनुषामा झडप भएको छ।

बुधबार साँझ सवा ८ बजेतिर विदेह नगरपालिका–२ दुहवीस्थित आँपको बगैचामा तस्करी नियन्त्रणका क्रममा झडप भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको नेतृत्वमा गएको टोलीले भारतबाट ल्याइँदै गरेको तस्करीका सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको हो।

तस्कर समूह र केही स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआरबाट चार राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

झडपको क्रममा केही तस्करीका सामान स्थानीयले लुकाएको आशंका गरिएको छ। प्रहरीले एक थान मोटरसाइकल र केही किराना सामान बरामद गरेको छ।

बरामद सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको