सप्तरीमा मदिरा नियन्त्रण अभियानमा प्रहरीको गोली लागेर एकको मृत्यु


सप्तरी – सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा प्रहरीले मदिरा नियन्त्रण अभियान चलाउने क्रममा भएको झडपमा गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय लालु यादव रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार सीमा क्षेत्रमा मदिरा तस्करी भइरहेको विशेष सूचनाको आधारमा राति सर्च अपरेशन सञ्चालन गरिएको थियो।

मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सर्च अपरेशनका क्रममा तस्कर समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि आत्मरक्षाका लागि प्रहरीले ७ राउन्ड गोली चलाएको थियो। सो क्रममा यादवको तिघ्रामा गोली लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनास्थलबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको जनाएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको