एमाले निकट व्यवसायी भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश


काठमाडौं  — नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका अध्यक्ष भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश गरेका छन्।

जनमत पार्टीको पर्सा कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत साहसहित पर्साकै मधेस आन्दोलनका अगुवा नेता जगदीश पटेल र युवा व्यवसायी जटाशंकर पटेल पनि पार्टीमा प्रवेश गरेका हुन्।

उनीहरूलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले खादा र टीका लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पार्टीप्रति युवाको आकर्षण दिनप्रतिदिन बढ्दो रहेको बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको