राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी “ननग्रेड” भएका छन्।
बोर्डका अनुसार कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थीले दिएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९ सय जना नियमिततर्फ र १ लाख १५ हजार ६ सय जना आंशिकतर्फका परीक्षार्थी थिए।
जिल्लागत सहभागितातर्फ सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना थिए भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ जना सहभागी भएका थिए। जापानस्थित एक विद्यालयबाट ३७ जना नेपाली विद्यार्थी पनि परीक्षामा सहभागी भएका थिए।
नतिजा हेर्ने तरिका
विद्यार्थीहरूले निम्न माध्यमबाट नतिजा हेर्न सक्ने छन्:
1. वेबसाइटमार्फत:
result.neb.gov.np
https://neb.ntc.net.np
2. एसएमएस सेवा:
मोबाइलको म्यासेज बक्समा NEB [Symbol Number] टाइप गरी १६०० मा पठाएर नतिजा प्राप्त गर्न सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई संयमित रही प्रमाणिक माध्यमबाट मात्र नतिजा हेर्न आग्रह गरेको छ।









