१९ साउन – बर्दिबास संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिको निमन्त्रणामा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (सोमबार) बर्दिबास स्थित टुटेश्वरनाथ महादेव मन्दिरको दर्शन गर्न आउने भएका छन्।
समितिका अनुसार मुख्यमन्त्री सिंहको यस भ्रमणमा संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका पदाधिकारी, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका प्रतिनिधि तथा स्थानीय पत्रकारहरू समेत सहभागी हुनेछन्।
कार्यक्रममार्फत धार्मिक पर्यटन प्रवर्द्धन र टुटेश्वरनाथ महादेवको महत्वबारे प्रचार–प्रसार हुने अपेक्षा गरिएको छ।
मुख्य मन्त्री आज ९ बजे मन्दिर दर्शनका लागि आउने आयोजक समितिले बताएका हुन ।










