१५ साउन, बारा –
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको नेतृत्वमा रहेको शुभेच्छुक संगठन *शिक्षक जनमत संघ* बाराको भेला तथा समिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमबाट प्राचार्य पप्पु कुमार सिंहको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ। जसअनुसार उपाध्यक्षमा सुरेश मुखिया र राधानन्द यदुवंशी, सचिवमा प्रा. अ. रामज्ञान साह, सहसचिवमा प्रा. अ. मुकेश चन्द्र कुशवाहा तथा कोषाध्यक्षमा बासमति चौधरी चयन भएका छन्। सदस्यहरूमा प्रा.अ. विनय साह, विकेन्द्र राम, मनोज साह गोढ, रामप्रवेश पटेल, विद्या देवी, नागेन्द्र ठाकुर, साहेब महतो, राज यादव, शिव साह लगायत अन्य शिक्षकहरू छन्।
भेला प्राचार्य रामज्ञान साहको अध्यक्षतामा सुरु भएको थियो। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य ओमप्रकाश साह, केन्द्रीय राजनीतिक समिति सदस्य प्रभुनाथ पटेल, पार्टी नेता एवं संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, केन्द्रीय सदस्य एवं बारा जिल्ला इञ्चार्ज शिवनाथ पटेल, विजय गुप्ता, मधेस प्रदेश समिति उपाध्यक्ष सन्तोष पटेल, कलैया नगर अध्यक्ष राजदेव ठाकुर, युवा जनमत संघ बारा अध्यक्ष रणबहादुर गुप्ता, युवा नेता सुजित पाण्डेय, जियालाल पटेललगायत नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्रा. अ. मुकेश चन्द्र कुशवाहाले गरेका थिए।









