मनराशिसवा नगरपालिका भित्रका सबै विद्यालय ६ दिनको लागि बन्द, १८ गते आइतबारदेखि पुन: सञ्चालन हुने


२ श्रावण, मनराशिसवा, महोत्तरी — मनराशिसवा नगरपालिकाको नगर शिक्षा समितिको निर्णयअनुसार नगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा धार्मिक विद्यालयहरू २०८२/०४/०४ गतेदेखि २०८२/०४/१६ गतेसम्मका लागि वर्षे विदामा बन्द रहने भएका छन्।

नगर कार्यालयद्वारा २०८२/०४/२ गते जारी सूचनामा उल्लेख भएअनुसार २०८२/०४/१८ गते आइतवार बिहान १०:०० बजेबाट विद्यालयहरू पुनः सञ्चालनमा आउनेछन्।

नगर शिक्षा शाखा प्रमुख जय शंकर मण्डलको दस्तखत रहेको सूचनामा जानकारी अनुसार यो निर्णय सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा लागू हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको